सप्तरीमा बससँग ठोक्किँदा म्याजिक भ्यान चालकको मृत्यु

27
Want create site? Find Free WordPress Themes and plugins.

२३ फागुन, सप्तरी । सप्तरीको देउरी भरुवामा आइतबार बस र म्याजिक भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

राजविराजबाट भारदहतर्फ जाँदै गरेको ना ३ ख ५०२५ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आउँदै गरेको को १ ज १५५१ नम्बरको म्याजिक भ्यान आपसमा ठक्कर खाँदा भ्यान चालक सप्तरी बभनगामाकट्टी २ बस्ने २८ वर्षीय रमानन्द खत्वेको मृत्यु भएको हो ।

उनको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका १३ जनामध्ये भारदह १ बस्ने ४५ वर्षीय विपिन कर्ण र जोगनिया ६ बस्ने २८ वर्षीय बलराम मण्डलको अबस्था गम्भीर छ ।

गम्भीर घाइते दुबैलाई थप उपचारका लागि बिराटनगर न्युरो अस्पताल पठाइएको छ । अन्य घाइतेहरुको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार भएकाले खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here