सप्तरीमा सवारी दुर्घटना, दुई प्रहरीको मृत्यु

48
Want create site? Find Free WordPress Themes and plugins.

२९ फागुन, राजविराज । सप्तरीको मधुपट्टी-९ बालन खोला पुल छेउमा शनिबार दिउँसो भएको दुर्घटनामा दुई प्रहरीको मृत्यु भएको छ ।

ना.४ ख १४३० नम्बरको ट्रकमा ना.२२ प ८५५७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ईलाका प्रहरी कार्यालय लाहानमा कार्यरत प्रहरी जवानद्वय सुनसरीका ३० वर्षीय सुरज चौधरी र उदयपुर रामपुर ठोक्सिला-१ का २९ वर्षीय सिताराम खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक, ट्रक चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here