समाजवादी जनता पार्टीको महाधिवेशन सुरु

45
Want create site? Find Free WordPress Themes and plugins.

जेठ २२ – समाजवादी जनता पार्टीको दोस्रो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै पार्टीका अध्यक्ष एवम् खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि सहमति, सहकार्य र एकताको आवश्यकता भएको बताउनुभयो ।

‘विगतमा ठूला समस्या सहमति, सहकार्य र एकताले नै समाधान भएकाले अब पनि यसको विकल्प छैन’ उहाँले भन्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सरकारले महँगी बढाई जनताको ढाड सेक्ने बजेट ल्याएको आरोप लगाउनुभयो । विसं २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन नगरे मुलुक गतिरोधमा जान्छ, सरकार गतिरोध नआउनेतर्फ सजग हुनुभन्दा पूरा हुन नसक्ने सपना बाँडेर प्रतिपक्षलाई नजरअन्दाज गरिरहेको छु उहाँले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संविधानसभाबाट जारी भएको संविधान ठीकसँग कार्यान्वयन गर्न नसके देशले चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो । संविधान कार्यान्वयन गर्न नसके राजनीतिक कोर्स नै बदलिन सक्ने भएकाले देशमा स्वतन्त्र धारको राजनीतिक प्रणाली स्थापना गरिनुपर्छु उहाँले भन्नुभयो ।

नेकपा मालेका नेता डम्बर श्रेष्ठ, चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेलगायतले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिनुभयो । तीन दिनसम्म चल्ने महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या टुङ्गो लाग्न बाँकी छ । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here