समाजवादी विद्यार्थी फोरमद्रारा आन्दोलन घोषणा

30
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,२६ – मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी तथा भवन निर्माणमा भइरहेको अनियमितता लगायतका शैक्षिक विकृति नियन्त्रणका लागि राखेको मागका बिषयमा जिल्ला शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै समाजवादी विद्यार्थी फोरम खोटाङले आन्दोलन घोषणा गरेको छ । एलएलसिको मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी, विद्यालयको भवन निर्माणकाक्रममा देखिएका अपारदर्शीता लगायतका शैक्षिक विकृति नियन्त्रणकालागि पटक–पटक मौखिक र लिखितरुपमा राखिएको मागका बिषयमा शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै समाजवादी विद्यार्थी फोरमले शुक्रबार आन्दोलन घोषणा गरेको हो ।  एलएलसिको मार्कसिट तथाचारित्रिक प्रमाणपत्र दिएवापत प्रतिविद्यार्थी ५ हजार रुपैयाँसम्म शुल्क लिने विद्यालय, भवन निर्माण लगायतका शीर्षकमा अनियमितता गर्ने विद्यालयको नाम किटेरै कारबाहीकालागि तत्कालिन जिसिअ निर्मलकुमार घिमिरेलाई आग्रह गरे पनि बेवास्ता गरिएकाले पहिलो चरणको आन्दोलन गरिएको समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष रबिन खम्बूले बताउनुभयो ।  विद्यार्थी फोरमले शैक्षिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरीलाई रोक्न, शैक्षिक प्रमाणपत्रको शुल्कमा एकरुपता कायम गर्न, विद्यार्थी रोक्ने नियतले शैक्षिक प्रमाणपत्रको शुल्कमा लिइने चर्को शुल्क बन्द गराउन, शैक्षिक तालिमलाई कक्षा कोठाभित्र व्यवहारमा उतार्न, विभिन्न समयमा जिम्मा लिइएका भवन निर्माणलाई गुणस्तरि र पारदर्शी बनाउन, अनियमित गर्ने शिक्षकलाई कारबाही गर्न गत भदौ २१ गते मौखिक तथा असोज २ गते पाँच बुँदे ज्ञापनपत्र बुझाएको थियो । एसएलसिको सर्टिफिकेटको शुल्कमा एकरुपता कायम गर्दै सहुलियतपूर्ण शुल्क निर्धारणको माग गर्दैआएको विद्यार्थी संगठनले कतिपय माविले अन्यत्र अध्ययन गर्न जाने विद्यार्थीबाट बढी र सोही ठाउँमा अध्ययन गर्नेबाट कम शुल्क लिने गरेको पाइएकाले दाबी गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here