समाज अझै बदलिएको छैन ः गोविन्द नारायण

45
Want create site? Find Free WordPress Themes and plugins.

धर्मेन्द्र दाहाल
हेटौँडा÷ विवेकशील नेपाल पार्टीका ब्यवस्थापिका केन्द्रीय प्रमुख गोविन्द नारायणले नेपाली समाज अझै नबदलिएको बताएका छन् । देशमा अनेकौ परिवर्तन भए, देशको ब्यवस्था बदलियो तर समाज नबलिदा नेपालमा अझै विकासको संभावनाहरु संभव हुन नसकेको बताए ।
जिल्लाब्यापी अभियानको क्रममा हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख नारायणले विवेकशील नेपालीको अभियान समाजलाई सकारात्मक रुपमा अघि बढाउनु रहेको र यसको लागि समाज बदल्नु प्रमुख आवश्यक्ता रहेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नारायणले मुद्धामा आधारित राजनीतिक अहिलेको आवश्यक्ता भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले भनेको प्रजातन्त्र तथा कम्युनिष्टहरुले भनेको गणतन्त्र स्थापना भैसकेको बताउँदै उनले कांग्रेस, एमाले लगाएतको दलहरुको उदेश्य पुरा र्भसकेकोले अब समाज परिवर्तन गर्दै देश विकास गर्ने नेतृत्व विवेकशिल भएको बताए ।
विवेकशिललाई राजनीतिक दलको रुपमा विस्तार गर्ने काम भैरहेको बताउँदै देशको ४० जिल्लामा संगठन विस्तार तथा १५ जिल्लामा कार्यालय स्थापना भैसकेको बताए । पत्रकार सम्मेलनमा मकवानपुरमा रहेको सांगठनिक संरचनाको विषयमा पनि जानकारी गराईएको थियो । मकवानपुरमा गठन भएको निर्देशक समितीको संयोजकमा महेश पाठक रहेका छन भने कार्यपालिका प्रमुखमा विवेक अधिकारी, न्यायपालिका प्रमुख प्रतिभा डंगोल तथा ब्यवस्थापिका प्रमुखमा रविन पाठक रहेका छन् । सदस्यहरुमा रवि जैसवाल, । लब अधिकारी, रोषन खड्का तथा निर्माण न्यौपाने रहेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here