सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको तयारी

19
Want create site? Find Free WordPress Themes and plugins.

चैत,१–

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार बसेको मोर्चाको सचिवालयको बैठकले सात दिने अल्टिमेटम अनुसार आफ्ना माग पूरा नभएको भन्दै समर्थन फिर्ता लिनुपर्ने राय शीर्ष नेतालाई दिएको हो । मोर्चाले गएको बुधबार, आउँदै वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको चुनाव स्थगित हुुनुपर्ने, संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने लगातका सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र माग पूरा नए समर्थन फिर्ता लिने बताएको थियो । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार बुधबार दिउँसो बस्ने मोर्चा शीर्ष नेताको बैठक समर्थन फिर्ता गर्ने, चुनाव बहिस्कार गर्नेलगायतका निर्णय लिनेछ । मोर्चाले चुनाव बहिस्कारसँगै तराईमा जागरण अभियान, कोणसभा लगायका कार्यक्रम गर्ने तयारी गरेको छ । मोर्चामा आबद्ध सात दलसँग संसदमा ४९ जना सांसद छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here