सरकारलाई सुरुङमार्ग बनाउनु पर्यो भन्दै मकवानपुर उद्योग वाणिज्य संघ द्रारा प्रधानमन्त्रीलाई पत्र

46
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२१
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा काठमाण्डौँमा पुगेको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरि सुरुङमार्ग सरकारले बनाउनु पयो भन्दै  ज्ञापनपत्र पेश गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको संयोजकत्वमा उपाध्यक्ष कृष्ण अग्रवाल सहित  प्रधानमन्त्री कार्यालय पुगेको सभासद सहितको टोलीले सुरुङमार्ग नीजि क्षेत्रले वनाउने संभावना नरहेको भन्दै सरकारसँग सुरुङ मार्ग निर्माणको लागि आग्रह गरेको हो । नेपालमा पहिलो पटक नीजि कम्पनीले ठुलो सपना सहित सुरु गरेको योजना विविध कारण सुरु हुन नसकेको र मकवानपुरे जनातको पैसा फस्ने संभावना बढेको हुँदा सुरुङ मार्ग सकेसम्म सरकारले बनाउनु राम्रो रहेको भन्दै पत्र दिएको उद्योग वाणिज्य संघ मकवानपुरले जनाएको छ केहि समय अघिसम्म नेपाल पुर्वाधार विकास कम्पनीलेनै सुरुङ मार्ग बनाउनु पर्छ भन्दै आएको उद्योग वाणिज्य संघ मकवानपुरले सुरुङ मार्गको नेतृत्व गर्दै आएको नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्षबाट कुशकुमार जोशीको बर्हिगमन भएपछि एकाएक सुरुङ मार्ग सरकारले बनाउनुप¥यो भन्दै हारगुहार गर्नु शंकाको विषय रहेको उद्योग वाणिज्य संघकै केहि प्रतिनिधिहरुले जनाएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका सभापति तथा सांसद इन्द्र बाँनीया, नेकपा माओवादी मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी, सांसद रामनारायण विडारी, कांग्रेसको तर्फवाट संविधानसभाका उम्मेद्वार तथा पुर्व निर्माण ब्यवसायी महासंघका अध्यक्ष जयराम अर्याल सहितको टोललीले नेपाल पुर्वाधार विकास कम्पनीको नयाँ नेतृत्वले सुरुङ मार्ग निर्माण गर्न नसक्ने बताएको श्रोतको दाबी छ । पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले यसबारे आफु गम्भिर रहेको र चाँडैनै प्रक्रिया सुरु गर्ने बताएको संघको भनाई रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here