सरकारी कागज किर्ते गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

21
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,६–

सरकारी कागज किर्ते गरेर फरार भएको आरोपमा बैतडीको पिपलकोट माध्यमिक विद्यालय उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझालाई प्रहरीले पक्राउ गरेको छ । गएको असारमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक रमेश ओझाले शिक्षक पदपूर्तिमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको दस्तखत किर्ते गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका थिए । विद्यालय व्यवस्थापन समितिले जाहेरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई हिजो बिहीबार बैतडीको गोठलापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । पक्राउ परेका ओझालाई बिहीबार नै जिल्ला अदालतबाट सातदिनको म्याद थपी अनुसन्धान थालिएको समेत उहाँले बताउनुभयो । ओझालाई लागेको आरोप प्रमाणित भएमा सरकारी कागज किर्ते दस्तखत नकबजनी मुद्दा अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here