सर्वाधिक कमाउने बलिउड स्टारमा साहरुख पहिलो नम्बरमा

39
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२- 

केही हप्ता अगाडि मात्र रिलिज भएको चलचित्र ‘जब ह्यारी मेट सेजल’ले बक्स अफिसमा कमजोर व्यापार गरेपनि यसले नायक साहरुख खानलाइ खासै असर परेको छैन । यो बर्षको जनवरी महिनामा रिलिज भएको चलचित्र ‘रइस’को राम्रो कमाइले साहरुखलाइ यो बर्षर्क सर्वाधिक कमाउने बलिउड नायकको सूचीमा पहिलो स्थानमा ल्याइदिएको छ । फोब्र्सका अनुसार साहरुखले सन् २०१७ मा ३८ मिलियन डलर कमाएका छन् । ५१ बर्षका यी चर्चित नायकले चलचित्र, विज्ञापन लगायत विभिन्न तरिकाले राम्रो आम्दानी गर्ने गरेका छन् । साहरुख, विश्वकै दोश्रो धनी कलाकार पनि हुन् । फोब्र्सको टप १०० को सूचीमा साहरुख ६५ औ स्थानमा छन् । यस्तै, नायक सलमान खानले ३७ मिलियन डलर कमाएका छन् । उनी यो सूचीको ७१ औ स्थानमा छन् । टप १०० मा पर्ने तेश्रो बलिउड कलाकारमा नायक अक्षय कुमार छन् । ८५ औ नम्बरमा रहेका अक्षयले ३५.५ मिलियन डलर कमाएका छन् । टप १०० मा अरु बलिउड कलाकारले स्थान पाएका छैनन् । यो सूचीमा विश्वका चर्चित खेलाडी, म्यूजिसियनहरुले पकड जमाएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here