सशस्त्र प्रहरीले मनायो आफ्नो १६ औँ स्थापना दिवस

28
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,११ – सशस्त्र प्रहरी बलले आफ्नो १६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । बलले स्थापना दिवसको अवसरमा बिहीबार प्रधान कार्यालय हल्चोकमा कार्यक्रम गरी उत्कृष्ट सशस्त्र प्रहरी, उत्कृष्ट गण, वर्ष जवान, खेलकुद प्रतियोगिताका बिजेतालगायतलाई पुरस्कृत गरेको छ ।त्यस्तै गएको वर्षको एसएलसीमा उत्कृष्ट स्थान ल्याउने सशस्त्र प्रहरी बलका बहालवाला र पूर्व कर्मचारीका छोरा छोरी तथा अमर सशस्त्र प्रहरी कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सङ्गठनले दिएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्न प्रहरी अधिकृत र जवानलाई निर्देशन दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here