ससांरकै अनौठो स्कुल केटालाई स्कर्ट, केटीलाई सुरुवाल

101
Want create site? Find Free WordPress Themes and plugins.

बेलायतमा झण्डै ८० वटा स्कुलले लैंगिक तटस्थ स्कुले पोशाकको नमूना पेश गरेका छन् । जस अन्तरगत पाँच वर्षको उमेरसम्मका विद्यार्थीहरुले स्कुल आउँदा आफुखुसी पोशाक लगाउन पाउनेछन् । पाँच वर्षसम्मका बालक विद्यार्थीले स्कर्ट लगाउन सक्नेछन् भने बालिका विद्यार्थीले सुरुवाल ।

द सन्डे टाइम्सका अनुसार यी विद्यालयहरुले आफ्नो पोशाक संहिताको माध्यमबाट एकातर्फ केटा र केटी भन्ने फरकपना हटाउन खोजेका छन् भने अर्कोतर्फ स साना बालबालिकालाई जुन पहिरन सहज हुन्छ उही लगाउन दिनुपर्छ भन्ने मान्यता पेश गरेका छन् ।

बेलायतमा हाल विद्यालयहरुमा कायम रहेको पोशाक नीतिले समलिंगी, द्धिलिंगी तथा ट्रान्सजेन्डरहरुमाथि भेदभाव गरेको भन्ने अधिकारकर्मीहरुको गुनासोलाई ध्यानमा राख्दै ८० वटा विद्यालयहरुले यसरी लैंगिक तटस्थ पहिरन नीति अघि सारेको बताइएको छ । स्मरण रहोस् बि्रगटन कलेजले यो वर्षको सुरुवातमै एक ट्रान्सजेन्डरमैत्री पोशाक संहित घोषणा गरेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here