सहमतिमै संशोधनको पक्षमा सत्तारुढ दल

117
Want create site? Find Free WordPress Themes and plugins.

असार,२७-

सत्तारुढ कांग्रेस–माओवादीले सकभर सहमतिबाटै संविधान संशोधन गर्ने तयारी गरेका छन् । प्रदेश सीमांकनका लागि संघीय आयोग बनाउने विषयमा अधिकांश दलको समान धारणा रहेकाले संशोधनका बाँकी विषयमा सजिलै सहमति बन्ने उनीहरूको बुझाइ छ । प्रतिपक्षी एमाले र राप्रपाले समेत संशोधन प्रस्तावमा सहयोग गर्ने विश्वास कांग्रेस–माओवादीको छ ।

‘अलि जटिल मानिएको सीमांकनको विषय संघीय आयोगले टुंग्याउने भन्ने छ । यसमा सबै दलका दृष्टिकोण समान छन्,’ कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने, ‘त्यसैले यसपटकको संशोधन प्रयासलाई एमाले, राप्रपासहितका साना दलले पनि सहयोग गर्छन् भन्ने अपेक्षा हामीले गरेका छौँ ।’ संशोधनमा परेका विभिन्न भाषालाई अनुसूचीमा राख्ने, अन्तरिम संविधानमै व्यवस्था गरिएको नागरिकताको विषय जटिल नभएको र जनसंख्याका आधारमा माथिल्लो सभामा प्रतिनिधित्व गराउने विषयमा कसैले पनि आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उनले बताए, नयाँ पत्रिकामा खबर छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here