सहस्राब्दी बचत तथा ॠण सहकारी सस्थाको ९ औं बार्षिक साधरण सभा सम्पन्न

196
Want create site? Find Free WordPress Themes and plugins.
साउन,१५-
हेटौंडा ११ स्थित सहस्राब्दी बचत तथा ॠण सहकारी सस्थाको ९ औं बार्षिक साधरण सभा सम्पन्न भयको छ ।संस्थाका अध्यक्ष दिनेश बिडारिकाे सभाध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यलय मकवानपुरका प्रमुख तिलकराम पाेखरेलकाे प्रमुख आतिथ्यता र हेटौंडा उपमहानगरपालिका बडा ११ का अध्यक्ष गोकर्ण पराजुलीको विशेष आतिथ्यता रहेको थियो । सभामा अध्यक्ष बिडारि काेषाध्यक्ष बालकृष्ण बजगाइ लेखा समिति संयोजक सरोज पौडेल र ऋण उपसमितिका संजय बिडारिले प्रतिबेदन पेश गरेका थिए ।
सस्थाले असल मासिक बचत तर्फ प्रमिला बिष्ट र सपना नेपाल दैनिक बचत तर्फ सीता सिवाकोटी र बालकुमारी बिक असल ऋण तर्फ निकेस ब्लोन,बाल बचतमा युनिक गुनि र श्रेनिसा श्रेष्ठ र असल ब्याज संकलक तर्फ गगा बिडारिलाइ सम्मान गरिएको छ ।सस्थाले स्थानीय युग प्रकाश क्लब र सहिद स्मारक सक्रिय युवा क्लबलाई फुटबल समेत वितरण गरेको थियोे ।सभामा जिल्ला सहकारी संस्थाबाट सर्मिला श्रेष्ठ,राष्ट्रिय सहकारी बैंकबाट हिरा सुनार र नवयुबा बचतका फुलमान श्रेष्ठको उपस्थिति रहेको थियोे । यस सहकारी यो आर्थिक बर्षमा साधरण सभा गर्ने मकवानपुरको पहिलो सहकारी हो ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here