सहायक जिल्ला बन अधिकृत रंगेहात पक्राउ १ लाख ८० हजार घुस

293
Want create site? Find Free WordPress Themes and plugins.

हेटौंडा, असार ३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ८० हजार घुस लिँदा लिँदै सहायक जिल्ला बन अधिकृतलाई पक्राउ गरेको छ ।

मकवानपुरको राक्सिराङ इलाका बन कार्यालयमा कार्यरत सहायक जिल्ला बन अधिकृत कुसलेलाई १ लाख ८० हजार रुपैयाँ घुस लिँदै गर्दा हेटौंडाको राप्ती रोडमा रहेको एक होटलबाट पक्राउ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

कुसलेले काठ बेच्ने ठेकेदारसँग बनमा काटेर राखेको काठ उठाउन दिनका लागि घुस मागेका थिए । ठेगेदारले अख्तियारमा उजुरी गरेपछि अख्तियारको टोलीले उनलाई रंगेहात पक्रेको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here