सागमा पदक जितेका मगर खेलाडी सम्मानित

47
Want create site? Find Free WordPress Themes and plugins.

23 फागुन, काठमाडौं । मगर समाज सेवा समितीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने मगर खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

ललितपुरको टिकाथलीमा आयोजित कार्यक्रममा भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्न सफल उसु खेलाडी निमा घर्तिमगरसहित ६ खेलाडी सम्मानित भए ।

आठौं सागमा स्वर्ण पदक जितेका बक्सिङ खेलाडी प्रकाश थापा मगर र रामचन्द्र थापा मगरसँगैं १२औं सागमा रजत पदक जितेका उसु खेलाडीहरु विजय सिंजाली मगर, युवराज थापा मगर र विश्व बुढामगर सम्मानित भए ।

सभामुख ओनसरी घर्तीले निमालाई सात हजार तथा विजय, युवराज र विश्वलाई जनही दुई हजार पाँच सय प्रदान गरिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here