सामसुङले फेरि सुरु गर्‍यो ग्यालेक्सी नोट ७ को विक्री

38
Want create site? Find Free WordPress Themes and plugins.

सुरक्षाका कारण ग्यालेक्सी नोट ७ बजारबाट फिर्ता लिएको सामसुङले दक्षिण कोरियामा फेरि यसको बिक्री सुरु गरेको छ । युरोपमा २८ अक्टोबरबाट बजारमा पाइनेछ । ग्यालेक्सी नोट ७ चार्जिङमा समस्या तथा त्यसक्रममा विस्फोट भएका घटनाहरु सार्वजनिक भएको थियो, जतिबेला २५ लाख सेट बेचिसकेको थियो । तर, सामसुङले बजारमा गएका सबै फोन फिर्ता लिने निर्णय गर्‍यो । कम्पनीका अनुसार फोनमा आगो लाग्नुमा ब्याट्रीको समस्या थियो । दक्षिण कोरियामा बेचिएको फोनमा ८० प्रतिशत यसअघिको फोनको सट्टामा दिइएको हो । कम्पनी स्रोतका अनुसार युरोप र उत्तरी अमेरिकामा यो कम छ तर, पनि ५० प्रतिशत बढी अनुमान गरिएको छ । कम्पनीका अनुसार फोन फिर्ता गर्नेहरुमध्ये ९५ प्रतिशतले फेरि सामसुङकै मोडल प्रयोग गरेका छन् । यद्यपि यसका कारण एप्पलविरुद्ध आफ्नो योजनाबद्ध लञ्जमा भने सामसुङ पछि परेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here