सामसुङले ल्यायो ग्यालेक्सी जे थ्री को नयाँ संस्करण

24
Want create site? Find Free WordPress Themes and plugins.

सामसुङले आफ्नो जे सिरिजको लोकप्रिय जे थ्री स्मार्टफोनको नयाँ संस्करण जे थ्री (२०१७) सार्वजनिक गरेको छ ।

सामसुङले जे थ्री को नयाँ संस्करण अमेरिकामा सार्वजनिक गरेको हो । एन्ड्रोइड सेभेन नोगट अपरेटिङ सिस्टममा चल्ने यो फोनमा ५ इन्चको एचडी डिस्प्ले रहेको छ, जसको रिजोलुसन ७२० गुणा १२८० रहेको छ । यो फोनमा १.४ गिगाहर्जको क्वाडकोर सामसुङ एक्जिनस ७ क्वाड प्रोसेसर रहेको छ । साथै यसमा १.५ जिबीको र्‍याम रहेको छ । सामसुङ जे थ्री (२०१७) मा इन्टर्नल मेमोरी १६ जिबी रहेको छ । माइक्रो एसडी कार्डको सहायताले स्टोरेजलाई २५६ जिबीसम्म बढाउन सकिन्छ । यो फोनको मुख्य क्यामरा ५ मेगापिक्सेल र सेल्फी क्यामरा २ मेगापिक्सेल रहेको छ । ब्याक क्यामरामा एलइडी फ्लास पनि रहेको छ । साथै यसले फुल एचडी रेकर्डिङ गर्न सक्छ । कनेक्टिभिटीको कुरा गर्दा यसमा फोरजी एलटीइ, वाइफाइ, ब्लुटुथ तथा जिपिएस सपोर्ट रहेको छ । यसमा २६ सय मिलि एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । कम्पनीका अनुसार, यसले २३ घण्टाको टकटाइम तथा १७ दिनको स्टाण्डबाइ टाइम दिन्छ । यो स्मार्टफोनलाई अमेरिकामा एटी एण्ड टी नामक टेलिकम कम्पनीसँग लञ्च गरिएको छ । यसको मूल्य १७९.९९ डलर राखिएको छ । सामसुङले स्मार्टफोनलाई विश्वका अन्य बजारमा कहिलेसम्म ल्याउँछ भन्ने चाहिँ खुलेको छैन ।

एजेन्सी

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here