सामसुङले स्क्रिन फोल्ड हुने स्मार्टफोन ल्याउँदै

64
Want create site? Find Free WordPress Themes and plugins.

आखिर शाओमीजस्ता चिनियाँ कम्पनीहरु समेत फोल्डिंग स्क्रिनवाला फोनको डिजाइन तयार गर्ने कोसिस गरिरहेका छन् भने मोबाइल दुनियाको दिग्गज सामसुङ किन पछि पर्थ्यो र ? इन्टरनेटमा आइरहेका विभिन्न खबरहरु अनुसार सामसुङले आउँदो वर्ष सन् २०१७ मा स्क्रिन फोल्ड हुने नयाँ स्मार्टफोन ल्याउँदैछ । ग्यालेक्सी एस एट र ग्यालेक्सी नोट एटसँगै सामसुङले स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन पनि ल्याउने तयारी गरिरहेको अनुमान गरिएको छ । उक्त फोल्डेड स्क्रिनवाला स्मार्टफोनको नाम ग्यालेक्सी एक्स हुने समेत लख काटिएको छ । डच टेक वेबसाइट ग्यालेक्सीक्लबले सामसुङको एक कोरियाली पेटेन्ट आवेदन फेला पारेको छ जसबाट फोल्ड हुने फोनका बारेमा जानकारी प्राप्त भएको हो । यसरी मोड्न सकिने स्मार्टफोनमा ब्याट्री कस्तो हुनेहोला भन्ने बारेमा चाहीँ प्रविधि विशेषज्ञहरुले भेउ पाउन सकेका छैनन् । स्मरण रहोस् सन् २०११ मै सामसुङले फोल्डेबल फोनको डमी बनाएर सार्वजनिक गरेको थियो । एक भिडियोमा उसले फोल्डेबल फोनको स्क्रिन पनि देखाएको थियो जुन पूर्ण रुपमा पारदर्शी थियो । अर्को वर्ष स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन बजारमा आउने भन्ने हल्लाको बारेमा सामसुङले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
एजेन्सीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here