सामसुङ ग्यालेक्सी ‘एस सेभेन’ सार्वजनिक

58
Want create site? Find Free WordPress Themes and plugins.

२६ फागुन, काठमाडौं । सामसुङले ग्यलेक्सी सिरिजको सातौं संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार राजधानीमा एक कार्यक्रमबीच ‘एस ७’ र ‘एस ७ एज’ सार्वजनिक गरेको हो ।

नेपाली बजारमा ‘एस ७’को मूल्य ८८ हजार ९ सय रुपैयाँ र ‘एस ७ एज’को ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

‘एस ७’ मा ५.१ इञ्चको डिस्प्ले रहेको छ भने ‘एस ७ एज’मा ५.५ इञ्चको कर्भ डिस्प्ले छ । डिस्प्ले, डायमन्सन र ब्याटि्र क्षमता बाहेक दुबै स्मार्टफोनमा समान विशेषता रहेका छन् । एस ७’ मा ३ हजार एमएएचको ब्याट्री र ‘एस ७ एज’मा ३६ सय एमएएच क्षमताको ब्याट्री छ ।

स्मार्टफोनको पछाडि १२ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । स्मार्टफोनले कम प्रकाशमा पनि राम्रो तस्वीर खिच्न सस्कने कम्पनीको दाबी छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here