सामुदायिक वन उद्यम विकास सहकारी संस्था गठन

464
Want create site? Find Free WordPress Themes and plugins.

धर्मेन्द्र दाहाल
हेटौँडा÷अस्मिता नेपालको आयोजनामा समुदायमा आधारीत दिगो वन व्यवस्थापन तथा महिलाको आर्थिक शसक्तिकरण कार्यक्रम सामुदायिक वन उद्यम सहकारी सस्था निर्माण गरिएको छ । पिप्ले पाखरा सामुदायिक वन,मनकामना सामुदायिक वन, वनस्खण्डि देवी सामुदायिक वन समूह, तथा नीउरेनी चिसापानी सामुदायिक वन समूहका उपभोक्ताहेरुलाई विभिन्न किसिमको तालिमहरु र ६ महिने काष्ठ हस्तकला तालिम पश्चात यसैलाई व्यवसाय बनाउनको लागि, सबै समूहको तालिम प्राप्त महिलाहरु संगठित भएर सहकारी निर्माण गरिएको अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले जानकारी दिईन् ।
मंगलबार हेटौँडामा भएको भेलाले सहकारीको तदर्थ सञ्चालक समितीको अध्यक्षमा नारायणी खड्कालाई चयन गरेको छ । उपाध्यक्षमा मेरी लामा, सचिवमा साबित्री गौतम, सहसचिवमा रमा पोखरेल तथा कोषाध्यक्षमा सुमित्रा अर्याललाई चयन गरेको छ । सहकारीको सदस्यहरुमा विष्णुकुमारी राई तथा पुनम मैनालि चयन भएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here