सामूहिक बलात्कारको आरोपमा चार युवक पक्राउ

82
Want create site? Find Free WordPress Themes and plugins.

जनकपुर, जेठ १८ – जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । घटनामा संलग्न दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

जनकपुरको नयाँ बसस्टेण्डमा गएको १० गते बेलुका ७ बजेतिर ६ जना युवाले स्थानीय एक निजी विद्यालयमा काम गर्ने ३५ वर्षकी महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ ।

बेलुका बजारबाट विद्यालयमा जान लागेकी ती महिलामाथि समूहमा रहेका युवाले बलात्कार गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटना लगत्तै प्रहरीले बलात्कार गरको आरोपमा चार जना युवकलाई पक्राउ गरेको थियो । दुई जना युवक फरार रहेको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जनकपुर उपमाहनगरपालिका २४ का १९ वर्षका आकाश सहनी, वडा नं. २३ का २० वर्षका अमर साह , १८ वर्षका फिरोज राईन र महोत्तरी गौशाला नगरपालिका–७ का राजेश साह रहेको धनुषाका प्रहरी उपरीक्षक नकुल पोखरेलले जनकारी दिनुभयो । पीडितको जाहेरी अनुसार उनीहरुमाथि जवरजस्ती करणी मुद्दा दायर गरेर कारबाही प्रक्रियासमेत अगाडी बढाएको धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बताउनुभयो ।

प्रहरीका अनुसार पीडित युवती र घटना लगतै पक्राउ परेका आरोपीहरुको तत्कालै जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको छ । फरार रहेका दुई जनाको खोजी जारी रहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here