सार्क शिखर सम्मेलन गर्न नेपालले पहल गर्ने

61
Flag of Nepal. Creation: (c)2007 T. Demand, Wallpaper: 2011 T. Demand, Wpic This wallpaper is free to be used as a desktop wallpaper on your computer. Any other usage, publication, distribution is not allowed.
Want create site? Find Free WordPress Themes and plugins.

असोज १६ – नेपालले १९ औं सार्क शिखर सम्मेलन गर्ने वातावरण तयार पार्न पहल गर्ने बताएको छ । आगामी कात्तिकमा पाकिस्तानमा हुने १९ औं सार्क शिखर सम्मेलन स्थगित भएकोमा खेद व्यक्त गर्दै नेपालले सम्मेलनका लागि क्षेत्रीय स्तरमा वातावरण बनाउन पहल गर्ने बताएको हो । पाकिस्तानले आगामी कात्तिकमा सार्क सम्मेलन गर्न नसक्ने जानकारी गराएसँगै  विज्ञप्ती निकालेर नेपालले सार्कको अध्यक्ष राष्ट्रको हैसियतले सम्मेलनका लागि पहल गर्ने बताएको हो ।क्षेत्रीय सहयोगका लागि शान्ति र स्थायित्व अत्यावश्यक भएको र यसका लागि सबै सदस्य राष्ट्रले आफ्नो भूमि आतंकवादका लागि प्रयोग हुन नदिन सुनिश्चित गर्नुपर्नेमा नेपालले जोड दिएको छ । नेपाल आतंकवादका कुनै पनि स्वरुप विरुद्ध रहेको स्पष्ट पार्दै विश्वमा आतंकबाद उन्मुलनका लागि ऐक्यबद्धता समेत जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here