साहारा ग्यास पड्किएर आगलागी,६ लाख ५० हजारको क्षति

21
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,६

हेटौडाको मेनरोड स्थित एक चिया पसलमा साहारा ग्यास बिस्फोट भइ आगलागी भएको छ  | हेटौडा उपमहानगरपालिका १० मा रहेको ललन शाहको चिया पसलमा आज साँझ करिब ५ः १५ मा आगलागी भएको हो | ग्यास लिक भएर आगलागी भएको र आगलागीका कारण अन्दाजी ६ लाख ५० हजार रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ | आगो निभाउने क्रममा प्रहरी जवान कौसल कुमार यादव सामान्य घाइते भएका छन् |  साझ सवा पाच बजे भएको आगलागी आधा घण्टा पछी नियन्त्रणमा आएको थियो | ग्यास पड्किए पछी पसल वरपर भागदौड समेत मच्चिएको थियो |

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here