सिकाए “क”अक्षर समाएर औंला | बिन्दा लामा”तृष्णा “

339
Want create site? Find Free WordPress Themes and plugins.

बिछ्यौना त केवल बहाना रहेछन्|
चयन मग्न निद्रा चितामा रहेछन्||

लिए ज्ञान भावी स्वयं हुन्छ मान्छे|
जरा मुर्खताको तगारा रहेछन्||

सिकाए “क”अक्षर समाएर औंला|
परम पूज्य भगवान बाबा रहेछन्||

चढाएर भेटी कहाँ बोल्छ मुर्ति|
पुजे देव बाबा र आमा रहेछन्||

दुरुस्तै छ उस्तै जमाना र “तृष्णा”|
कलम हैन लेख्ने बिधाता रहेछन्||

बहर -मुतकारिब मुसम्मन सालिम
रुक्न-१२२×४

बिन्दा लामा”तृष्णा ”
तिनकन्या६सिन्धुली
हाल-बिरानो मुलुक

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here