सिटी रिक्साको ठक्करबाट एक जनाको मृत्यु

32
Want create site? Find Free WordPress Themes and plugins.

साउन ७ – मोरङको विराटनगरमा सिटी रिक्साको ठक्करबाट घाइते भएका एक जनाको उपचारको क्रममा ज्यान गएको छ ।

विराटनगर–१९ भट्टिमोडमा सिटी रिक्साको ठक्करबाट घाइते भएका ४८ वर्षका नारायण महतको बिहीबार राति उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । पैदल यात्री महतलाई को १ ह ३४७२ नम्बरको सिटी रिक्साले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका महतको गोल्डेन अस्पतालमा उपचारको क्रममा राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने सिटी रिक्साका चालकलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here