सिन्धुलीमा बन्दकर्ताले स्कारपियोमा जीपमा आगजनी,चालकबाट २० हजार नगद र मोबाईल लुटपाट

129
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २८ – नेकपा माओवादी विप्लव समूहले आह्वान गरेको बन्दको क्रममा बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको भद्रकाली–३ चियाबारीमा बन्दकर्ताले स्कारपियो जीपमा आगजनी गरेका छन् । काठमाडौंबाट सिराहाको गोलबजारका लागि छुटेको च १ च ११४४ नम्बरको जीपमा आइतबार बिहान सातजनाको समूहमा रहेका बन्दकर्ता आगजनी गरी भागेका प्रहरीले जनाएको छ । बन्दकर्ताले गाडीका चालकबाट २० हजार नगद र सामसुङ कम्पनीको एउटा मोवाइल पनि लुटेर लगेको प्रहरी निरीक्षक सर्वश्री सिंहले जानकारी दिनुभयो । गाडीमा आगजनी गर्ने बन्दकर्ताको खोजी भइरहेको उहाँले बताउनुभयो । बन्दका कारण बिपि राजमार्गसहित जिल्लाका ग्रामीण सडकमा समेत गाडी चलेका छैनन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here