सिमरा गोल्डकप : मनाङलाई हराएर रुपन्देही ११ सेमिफाइनलमा

66
Want create site? Find Free WordPress Themes and plugins.

सिमरा, फागुन २५ – मनाङ मर्स्याङ्दी क्लबलाई हराएर रुपन्देही ११ सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सिमरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा मनाङलाई १-० ले पराजित गर्दै रुपन्देही ११ अन्तिम चारमा प्रवेश गरेको हो । रुपन्देहीको जितमा म्यान अफ दि म्याच घोषित बुद्ध चेमजोङले खेलको ९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । सेमिफाइनल खेलमा रुपेन्देही ११ र वीरगञ्ज साथै आर्मी र वियज युथ क्लव हेटौंडाबिच खेल हुनेछ । आर्मीले सोमबार थ्रिस्टार क्लबलाई पराजित गरेको थियो भने बिजय युथले आयोजक नव जनजागृति क्लवलाई हराएरु अन्तिम चारको यात्रा तय गरेको थियो ।

रुपन्देहीको तुलनामा सन्तुलित खेल खेलेपनि थुप्रै अवसर गुमाउन पुग्दा मनाङ घर फर्किएको हो । मनाङका अनिल गुरुङ, बिशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ र मुसाले थुप्रै अवसर चुकाएका थिए ।

खेलको ६७ औँ मिनेटमा हेमन गुरुङले डिबक्स बाहिरबाट प्रहार गरेको बल क्रसबारमा लागेर फर्किनु मनाङका लागि दुभाग्य बन्न पुग्यो । अर्को खेल बुधबार त्रिभुवन आर्मी क्लब र बिजय युथ क्लब हेटौंडाबिच हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here