सिरहामा फैलिएको झाडापखाला नियन्त्रण हुन सकेन

159
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २५ – सिरहाको दक्षिणी गाविस औरहीमा गएको चारदिनदेखि फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रसित भएका छन् ।  अहिलेसम्म ५० जनाभन्दा बढीमा झाडापखाला देखिएको छ । बिहीबारमात्रै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा १५ जना बिरामी उपचारका लागि आएको केन्द्रका निमित्त प्रमुख रामनारायण सिंहल जानकारी दिनुभयो । बेडको अभावमा बिरामीहरु चिसो भुुइँमै उपचार गराउन बाध्य छन् ।  बिरामीको संख्या बढ्दै गएपनि विशेषज्ञको टोली प्रकोप बढेको ठाउँमा आइनपुुग्दा उपचारमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । झाडा पखालकाले औरही-३ का ७ वर्षका वर्जुन यादवको ज्यान गएको छ । झाडा पखाला औरही गाविसको वडा नम्बर २, ३, ५ र ८ मा फैलिएको हो । पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षणका बिरामी बढ्दै गएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दयाशंकरलाल कर्णले दुुषित पानी पिएका कारण झाडा पखालाको रोगी बढेको बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्राथमिक स्वास्थ्य चौकीले संयुक्तरुपमा उपचार गरिरहेको प्रमुख कर्णले बताउनु भयो । पानी परीक्षणको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौं पठाएको तीन दिन बितिसक्दा समेत रिपोर्ट नआउँदा रोग रोकिनुुको सट्टा बढ्दै गएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here