सीमांकनको विरोधमा दैलेखमा बन्द

29
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,१४ –

दैलेखमा ११ वटा स्थानीय तह रहने गरी भएको सीमांकन प्रस्तावमा असहमत पक्षले मंगलबारदेखि अनिश्चितकालिन दैलेख बन्द गरेका छन् । इलाका नम्बर ७ का तीन गाविस मालिका, गौरी र कालभैरववासीले गमौडीलाई समेत गाभेर ज्वालामालिका गाउँपालिका बनाउनु पर्ने माग गर्दै गरेका बन्दका कारण बिहानैदेखि दैलेख–सुर्खेत आवागमन गर्ने गाडी चल्न सकेका छैनन् । मंसिर ८ गते स्थानीय प्रशासन र सीमांकन निर्धारण गर्ने जिल्ला प्राविधिक समितिसँग भएको सहमति  कार्यान्वयनको प्रक्रिया सुरु भएकाले बन्द गरिएको संघर्ष समितिका संयोजक खगेन्द्र थापाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको दिउँसो आन्दोलनकारी र राजनीतिक दलहरुसँग छलफल गर्ने तयारी भएको जानकारी दिनुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here