सुटिङ नसकिदै ऋतिकको चलचित्रलाई ४५ करोड

23
Want create site? Find Free WordPress Themes and plugins.

बलिउडमा अहिले स्टार र राम्रो बिषय भएका चलचित्रलाई राम्रो कमाई गर्न खासै समस्या छैन । कुनै बेला निर्माताहरु चलचित्रको बक्स अफिसबाट आउने कमाइमै चित्त वुझाइरहेका हुन्थ्य । तर, अहिलेका निर्मातालाई चलचित्रको चर्चा राम्रो भएको खण्डमा पैसा कमाउने अनेक बाटा छन् ।

नायक ऋतिक रोशन अहिले चलचित्र ‘काबिल’को छायांकनमा व्यस्त छन् । तर, यो चलचित्रको कुनै पनि लुक सार्वजनिक नुहँदै यसलाई एक चर्चित टेलिभिजिन नेटवर्कले महंगो रकममा किनेको छ । स्टार इन्डिया नेटवर्कले यो चलचित्रको टेलिभिजन राइट्सका लागि ४५ करोड तिरेको खबर बलिउड हंगामा अनलाइनमा उल्लेख छ ।

संजय गुप्ताको निर्देशनमा तयार भएको यो चलचित्रमा ऋतिकले यमी गौतमसँग रोमान्स गरिरहेका छन् । चलचित्रको लुक पनि सार्वजनिक नहुँदै यति ठूलो रकम पाएपछि निर्मातालाई चल्नु अगावै फाइदा हुने देखिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here