सुन ३ वर्ष यताकै महँगो

28
Want create site? Find Free WordPress Themes and plugins.

साउन २६ – सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तीन वर्ष यताकै महंगो भएको छ । सुनको भाउ बुधबार तोलाको ५९ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको आइतबार तोलाकोे ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछि भने स्थिर थियो ।

यसअघि २०७० साल भदौ १२ गते सुन तोलाको अहिलेसम्मकै महंगो ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपछि विस्तारै ओरालो लागेर तोलाको ४७ हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ फेरि उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा शेयर बजारसँगै लगानीको अरु क्षेत्र कमजोर भएकाले सुनको भाउ बढेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर ९ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here