सूर्य माविको ४३ औँ जन्म जयन्तीको अवसरमा माझगाउँमा विविध सांस्कृतिक कार्यक्रम गरियो

6
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१८-

मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर १ मा रहेको एकमात्र माध्यमिक विद्यालयका रुपमा परिचित सूर्य माविको ४३ औँ जन्म जयन्तीका अवसरमा माझगाउँमा विविध सांस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार राईले विद्यालयको परिचय,गतिविधि तथा भावी योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले समसामायिक विषयमा तयार पारिएको नाटक, नाच, गायन, विज्ञानकला प्रदर्शनी तथा खेलकुद प्रतियोगिताको समेत आयोजना गरिएको थियो । कार्यक्रममा सूर्य स्काउट ट्रुपबाट मार्च पास र अतिथिलाई समेत स्वागत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष धनमाया स्याङ्तानको सभाध्यक्षता तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानको विशेष आतिथ्यता रहेको कार्यक्रममा श्रोत व्यक्ति रविन्द्रप्रसाद चौधरी, शिक्षा संयोजक ध्रुव थापा, गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्था तथा अभिभावक र विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । वि.सं. २०३२ सालमा स्थापना भएको विद्यालयमा हाल ४७० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here