सेनाले एक महिनामै बनाएको जस्तै भवन भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौडाई दिँदा ५ महिनासम्म बनेन

142
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २५ – सरकारले दैवी प्रकोकबाट पिडित बनेका परिवारलाई तत्काल राख्नका लागि निर्माण सुरु गरेको सामूहिक आवासको काम अझै सकिएको छैन । नेपाली सेनाले निर्माणको जिम्मा लिएको सामूहिक आवास निर्माणको काम एक महिना नपुग्दै सकिएको थियो तर भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौडालाई निर्माणको जिम्मा दिएको भवन निर्माणको काम पाँच महिना बितिसक्दा पनि सम्पन्न नभएको हो । सामूहिक आवस निर्माणको काम असार महिनासम्ममा सकिनुपर्ने थियो । सामूहिक आवस निर्माणको जिम्मा लिएको भवन प्रविधि तथा अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले विभिन्न कारण देखाउँदै आएको छ । जेठ महिनामा निर्माणको जिम्मा दिएपनि तीन वटा सामूहिक आवास निर्माणको काम नसकिएको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर सुदिप आचार्यले बताउनुभयो । मकवानपुरको बेतीनी गाविस वडानम्बर ३ को सामूहिक आवास, खैराङ गाविसमा निर्माण थालिएको सामूहिक आवास, कालिकाटारमा निर्माण थालिएको सामूहिक आवासको काम सकिन बाँकी रहेको आचार्यले जानकारी दिनुभयो । पाँच वटा सामूहिक आवास मध्ये मकवानपुरको नामटार र टिष्टुङमा थालिएको सामूहिक आवास निर्माणको काम भने सकिएको छ । पाँच वटै सामूहिक आवासमा १६ वटा कोठाका दरले निर्माण गरिएको छ । प्रत्येक सामूहिक आवास निर्माण गर्दा ३५ लाख ८५ हजार रुपैयाँका दरले निर्माणको जिम्मा दिइएको थियो । नेपाली सेनाले भने आफैले जिम्मा लिएको सामूहिक आवसको निर्माण सुरु गरी असार महिनामा नै सकेर जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जिम्मा दिइसकेको छ । सामूहिक आवास निर्माण गरिसकेका भवन पनि प्रयोगमा भने आएका छैनन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here