सोलुखम्बुमा हेलिकप्टर दुर्घटना, सबै सकुशल

29
Want create site? Find Free WordPress Themes and plugins.

असोज ९ – सोलखुम्बुको जुभिङ गाविसमा आइतबार बिहान ७ बजे हेलिकप्टर दुर्घटना हुँदा अघिल्लो भाग क्षतिग्रस्त भएको छ । बिरामी लिएर चौंरीखर्कबाट काठमाडौँ जाँदै गरेको माउन्टेन एअरको नाइन एनएएलक्य नम्बरको हेलिकप्टर इन्जिन बिग्रेपछि दुर्घटनामा परेको हो । इन्जिन बिग्रेपछि आकस्मिक अवतरण गरिएको र हेलिकप्टरका चालकसहित ६ जना सबै सकुशल रहेको सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सबै यात्रुलाई त्यही एअरको अर्को हेलिकप्टरबाट उद्धार गरी लुक्ला लगिएको छ । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here