स्कूल बस पल्टिँदा ३५ विद्यार्थी घाइत

89
Want create site? Find Free WordPress Themes and plugins.

हेटौंडा, १२ चैत/ हेटौडा उपमहानगरपालिका ५ पिप्लेमा रहेको हिमालयन इंगलिस सेकेण्डरी बोर्डिङ स्कूलको विद्यार्थी बोक्ने बस शुक्रबार पल्टिँदा तीन दर्जन विद्यार्थी घाइते भएका छन् । हेटौंडासँगै सीमाना जोडिएको मकवानपुर गढी गाविसको मक्रान्चुली, कालीखोला क्षेत्रका बिद्यार्थी लिएर स्कूल तर्फ आउँदै गरेको ना ४ ख ६१३८ नं. को बस सोमबार विहान १० बजेतिर पिप्लेकुनामा पल्टिएको हो ।
दूर्घटनामा परी घाइते भएका ३५ जना विद्यार्थीहरुलाई उपचारको लागि अहिले हेटौंडा अस्पताल लगिएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक हरि ओझाले जानकारी दिए । अस्पताल श्रोतलाई उद्धृत गर्दे उनले घाइतेहरुको अवस्था सामान्य रहेको बताए । ‘एक जनाको छाती दुखेको र एक जनाको टाउकोमा चोट लागेर बान्ता गरेको भनर््रने खबर आएको छ, अरु विद्यार्थीको सामान्य चोटपटक लागेको छ,’ प्रहरी निरीक्षक ओझाले भने । ती दुई बालबालिकालाई थप उपचारको लागि भर्खरै चुरेहिल अस्पताल लगिएको छ ।
कालीखोला जंगलको स्लाब सडकबाट ओरालोतिर आइरहेको बस पिप्ले–५स्थित पिप्लेपोखरा सामुदायिक वनको बेंसी सडकको घुम्तीमा पल्टिएको थियो । बस निकै थोत्रो भएकोले पल्टिएको अभिभावकहरुले आरोप लगाएका छन् । एक वर्ष अघिदेखि नै नयाँ बस चलाउन भनेको र विद्यालय प्रशासनले नयाँ बस हाल्ने प्रतिवद्धता जनाए पनि पूरानै बस चलाउँदा दूर्घटना भएको भन्दै अभिभावकहरु आक्रोशित भएका छन् । दूर्घटनामा परेका विद्यार्थीका अभिभावकहरु अहिले अस्पताल पुगेका छन् भने अन्य अभिभावकहरुले अहिले विद्यालय प्रशासन घेराउ गरिरहेका छन् । सो विद्यालयमा केही दिनदेखि वार्षिक परीक्षा संचालन भइरहेको थियो ।
प्रहरी निरीक्षक ओझाले दूर्घटनाको बारेमा विद्यालय संस्थापन र प्रशासनसँग छलफल गर्ने बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here