स्क्रब टाइफसबाट चितवनमा फेरि एक महिलाको मृत्यु

102
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ११ – स्क्रब टाइफस रोगबाट चितवनमा एक महिलाको ज्यान गएको छ । मेडिकल कलेजका चिकित्सक डा. शीतल अधिकारीका अनुसार पश्चिम चितवनकी ५१ वर्षीया महिलाको उपचारको क्रममा ज्यान गएको हो । बाह्र दिनदेखि बिरामी भएपनि तीन दिनअघिमात्र उपचारका लागि अस्पताल पुगेकी ती महिलाको ज्यान गएको डाक्टर अधिकारीले बताउनुभयो । यो सँगै चितवनमा स्क्रब टाइफस रोगबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । असोज मसान्तसम्ममा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका एक हजार ४२ जनामध्ये तीन सय सात जनामा स्क्रब टाइफस रोग पत्ता लागेको छ । मुसामा हुने एक प्रकारको किराको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here