स्थानीय तहको चुनाव सम्बन्धी विधेयक आज पारित हुँदै

26
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२०–

व्यवस्थापिका संसदबाट स्थानीय तहको चुनाव सम्बन्धी विधेयक बिहीबार पारित हुँदैछ । दिउँसो १ बजेपछि बस्ने संसद बैठकमा विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ ।  दलहरुबिच सहमति भइसकेकाले विधेयक पारित हुने लगभग निश्चित जस्तै छ । बुधबारको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश गर्नुभएको हो । विधेयकमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिन दुई महिना पहिले नै अर्को चुनाव गर्नुपर्ने प्रस्ताव गरिएको छ । संविधानले पदावधि सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था गरे पनि दलहरु पदावधि सकिनुभन्दा दुई महिना पहिले नै चुनाव गर्ने प्रावधानमा सहमत भएका हुन् । विधेयकले गाउँपालिका, नगरपालिका वा जिल्लासभामा प्रमुख र उपप्रमुखको उम्मेद्वारमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने प्रस्ताव गरेको छ । वडामा दुई महिलामध्ये एक जना दलित हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । यस्तै, राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक पार्टीले मात्र स्थानीय चुनावमा चुनाव चिन्हका आधारमा प्रतिस्पर्धा गर्न पाउनेछन् । त्यस्तो चुनाव चिन्ह दलले अघि चुनावमा प्राप्त गरेको स्थान अनुसारको रोल क्रममा राखिनेछ । भ्रष्टाचार, जबरजस्तिकरणी, मानव बेचबिखन, लागूऔषध ओसारपसार, अपहरण वा नैतिक पतन देखिने कसुरमा २० वर्ष सजाय पाएको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ । जातीय भेदभाव, छुवाछुत, बोक्सी, बहुविवाह जस्ता कसुरमा सजाय पाएको तीन वर्ष पूरा नभएको व्यक्तिले पनि स्थानीय चुनावमा भाग लिन पाउँदैनन् । संसदले यसअघि चुनावका लागि चाहिने अरु तीनवटा महत्वपूर्ण विधेयक पारित गरिसकेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here