स्वर्गीय विरेन्द्र राईको सम्झनामा हेटौँडामा फुटसल हुने

29
Want create site? Find Free WordPress Themes and plugins.

असार,१९-

राष्ट्रिय स्तरका खेलाडी स्वर्गीय विरेन्द्र राईको सम्झनामा हेटौँडामा फुटसल प्रतियोगिता हुने भएको छ । यही असार २४ गते हेटौँडा ४ मा रहेको हेटौँडा फुटसलमा स्वर्गीय विरेन्द्र राई स्मृती ओपन फुटसल प्रतियोगिता हुने भएको हो । सोमबार आयोजना भएको पत्रकार सम्मेलन मार्फत् आयोजकले स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको फुटसलमा १५ वटा टिम सहभागी हुने जनाइएको छ ।  प्रतियोगिताका विजेता र उपविजेतालाई ट्रफी सहित क्रमशः नगद २० हजार र १० हजार रुपैयाँले पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेलमा सहभागी हुन इच्छुक टिमले हेटौँडा ४ को गुगल स्पोर्टस् हाउसमा सम्पर्क गर्नुपर्ने आयोजकले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here