स्ववियूद्वारा खाद्यान्न बितरण

12
Want create site? Find Free WordPress Themes and plugins.

माघ,१९-

स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू), मकवानपुर बहुमुखी क्याम्पसले हेटौंडा–१५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतनमा खाद्यान्न बितरण गरेको छ । क्याम्पसको ३८ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत स्ववियूले दिव्य सेवा निकेतनमा रहेका बृद्धबृद्धाका लागि शुक्रबार खाद्यान्न दिएको हो । स्ववियूले चामल २ बोरा, आलु १ बोरा, तेल १ कार्टुन, बिस्कुट १ कार्टुन, चिनी, चियापत्ती, मसला, नून प्रदान गरेको हो ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य एवम् प्रदेश सभा साँसद प्रेमबहादुर पुलामी, क्याम्पस सञ्चालक समितिका सदस्य अशोक शाक्य, पव्लिक क्याम्पस प्राध्यापक संघ, क्याम्पस इकाईका अध्यक्ष उमेश अर्याल,  दिव्य सेवा निकेतनको प्रमुख सल्लाहकार केदार न्यौपाने, अध्यक्ष टि आर निरौला, स्ववियु सभापती कुमार केशी लगाएतको आतिथ्य रहेको थियो । दिव्य सेवा निकेतनमा १७ जना बृद्धबृद्धाले आश्रय लिईरहेको बताईएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार क्रिकेट, बोरा दौड प्रतियोगिता गरिने स्ववियु सभापती केशीले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here