हतियार कारोबारी डाक्टर पक्राउ

36
Want create site? Find Free WordPress Themes and plugins.

३ फागुन, काठमाडौं । धनुषाबाट हतियार कारोबारी एक चिकित्सक पक्राउ परेका छन् । उनले हतियार बेच्न प्रयोग गर्ने १४ वर्षे बालक पनि समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ३४ वर्षका रमेशप्रसाद यादव पक्राउ गरेको छ । धनुषा १२ कुवाका उनी पेशाले चिकित्सक हुन् । आँखा सम्वन्धी उपचार गर्ने चिकित्सक भन्छन् र नेपाल मेडिकल कलेजबाट लिएको लाइसेन्स नम्बर समेत उनको साथमा छ ।

तर, कारोबार भने हतियारको गर्दा रहेछन् । गोप्य सूचनाका आधारमा हतियार प्रहरी हतियार खरिदकर्ता बनेर यादव कहाँ पुगेको थियो । यादव २० हजारमा पेस्तोल बेच्न तयार भए । तर, उनले छिमेकी कहाँ अध्ययनका लागि बस्ने १४ वर्षका बालक दिपेशकुमार यादवलाई प्रयोग गरे ।

उनले दिपेशलाई झोलामा हतियार बोकाए र आफूसँगै आए । विश्वकर्मा चोकमा पुगेपछि प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको छ । स्कुले झोलाबाट प्रहरीले दुई थान म्यागजिन र २ थान गोली बरामद गर्‍यो ।

लगतै प्रहरीले रमेशको घरमा छापा मारेको छ । उनको घरबाट एक अमेरिकन पेस्तोल बरामद भएको छ । ‘उनले कहाँबाट हतियार ल्याएका हुन् भन्ने अनुसन्धान गरिरहेका छौं’ धनुषाका एसपी एसपी रामदत्त जोशीले अनलाइनखबरसँग भने-‘तर, कारोबाही भने उनी आफैं हुन् भन्ने खुलेको छ ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here