हतियार सहित २ जना नाबालक पक्राउ

43
Want create site? Find Free WordPress Themes and plugins.

धर्मेन्द्र दाहाल
हेटौँडा÷ जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल सहित २ जना नावालकलाई पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा प्रहरीले हेटौँडा १७ बाट १३ र १४ वर्षका २ जना नावालकलाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले सोधपुच गरेर सोहि स्थानको झाडीमा लुकाई राखेको १ थान पेस्तोल तथा १ सय ६९ राउण्ड गोली समेत बरामद गरिएको हो ।
फरार प्रतिवादी पक्राउ
हेटौँडा÷लागु औषध गाँजा मुद्दामा मकवानपुर जिल्ला अदालतको मिति २०७२ साल असोज १३ गते को फैसलाले १ बर्ष कैद र ५ हजार जरिवाना भई फरार रहेका प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुर गढी १ का कुमार दोर्जे भोम्जनलाई पक्राउ गरि सजाँय भुक्तानको लागि भिमफेदी कारागार पठाएको जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here