हत्या अभियोगमा जन्मकैद सजायँ पाएका घले १५ वर्षपछि पक्राउ

36
Want create site? Find Free WordPress Themes and plugins.

असोज,३०
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजायँ फैसला भए पनि फरार रहेका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । मनाङ भ्राका गाविस ३ घर भई काठमाडौंको धोबिचौर बस्दै आएका राजु घलेलाई प्रहरीले खिचापोखरीबाट पक्राउ गरेको हो । उनीमाथि काठमाडौं पुरानो बानेश्वरका १९ वर्षीय सुवर्ण गुरुङको हत्या अभियोग लागेको थियो । घलेसहितका १० जनाले २०५७ कात्तिक १८ गते ठमेलस्थित जुली डिस्कोमा गुरुङलाई सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट घाइते गुरुङको सोही दिन बीर अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । गुरुङको हत्यालगत्तै फरार भएका घलेलाई काठमाडौं जिल्ला अदालतले २०६४ पुस १२ गते जन्मकैदको फैसला सुनाएको थियो  उनलाई यहि असोज १६ गते केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरी आज अदालतमा पेश गरेको थियो । आज नै काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको व्यूरोले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here