हत्या आरोपमा २ युवा पक्राउ

31
Want create site? Find Free WordPress Themes and plugins.

असार ९ – दाङको घोराही नगरपालिका–९ रातामाटाका एक किशोरको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

रातामाटाका– १६ वर्षे अर्जुन सुनारको यही असार ६ गते जंगलमा शव फेला परेको थियो । घरबाट हराएका सुनारको घोराही नगरपालिका–१० मा पर्ने मनकामना महिला सामुदायिक वनमा सडेको अवस्थामा शव फेला परेको थियो । शवको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गर्ने क्रममा बिहिबार दुई जनालाई पक्रेको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा रातामाटाकै १६ वर्षे सुशील चौधरी र घोराही नगरपालीका–७ का प्रकाश सुनार रहेका छन् । उनीहरुले अर्जुन सुनारको हत्या गरेको हुनसक्ने एसपी सिंहले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरी र सुनारलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here