हर्नामाडीमा ‘स्टलेसन आर्ट’ सुरु

50
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,११-

हेटौँडा–२५ हर्नामाडीमा ताउवे प्रोजेक्ट अन्तर्गतको ‘स्टलेसन आर्ट’ सुरु भएको छ । हर्नामाडी कला प्रतिष्ठानको र जापान आर्ट फाउन्डेसनको संयुक्त आयोजनामा आजबाट सुरु भएको हो । नेपालमै पहिलो पटक आयोजाना भएको ‘स्टलेसन आर्ट’को उद्घाटनमा बोल्दै हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले यो कार्यक्रम नेपालमै नौलो भएकोले यसको महत्व एकपटक अवलोकन गरेपछि मात्र थाहा हुने बताए । अहिले नेपालमा प्राय किट्नासक औषधि प्रयोग गरिे अन्न–तरकारीको खेती हुने भएकोले यो आर्टले यसको विरोध गरी , अर्गा्निक खेतीलाई प्रोत्साहन गरेको उनले बताए । ६ लाख बराबरको योजना रहेको यो आर्ट हेर्न आउन सम्पुर्ण मकवानपुरबासीलाई रम्तेलले आग्रह समेत गरेका छन् । मंसिर १३ गतेसम्म हुने कार्यक्रममा जापानी कलाकार सेत्सु सुजुकीको साथै उनको टोलीले स्टलेसन आर्ट प्रदर्शन गर्नेछन् । करिब २ बिगाहा खेतमा हुने आर्टमा स्थानीयहरुको पनि सहकार्य रहने अध्यक्ष रम्तेलले बताए । कार्यक्रममा सिर्जना आर्ट कलेजका संयोजक रविन्द्रराज भण्डारी, नेपाल ताउए प्रोजेक्टका उपाध्यक्ष मोरियामा, संयुक्त वडा कार्यलयका पदाधीकारीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधीहरु लगायतको आतिथ्यता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here