हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् भागेर बाँचे

27
Want create site? Find Free WordPress Themes and plugins.

असोज २९ – कञ्चनपुरको बेलौरी नगरपालिकामा हात्तीको आक्रमणबाट सुन्दरी चौधरीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार दिउँसो रामघाटस्थित घरबाट चान्देउ जाँदै गर्दा हात्तीले श्रीमान आशाराम चौधरी र श्रीमती सुन्दरीलाई आक्रमण गरेको थियो । श्रीमानले भागेर ज्यान जोगाए पनि श्रीमतीको भने हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको कञ्चनपुरका एसपी तुलसी अधिकारीले जानकारी दिनुभयो । कञ्चनपुरमा गएको एक महिनादेखि हात्तीले आतंक मच्चाउदै आएको छ । भारतको दुदुवा नेशनल पार्कबाट शुक्लाफाँटा वन्यजन्तु आरक्षमा प्रवेश गरेको हात्तीको बथानले यसअघि भिमदत्त नगरपालिकाको पिपरैया, गोवरैया, खैरभट्टी, धरमपुर लगायतका क्षेत्रमा स्थानीय बासिन्दाको धानबाली नष्ट गरेर आतंक मच्चाएका थिए । धान बाली भित्र्याउने बेला बस्तीमा छिर्ने जंगली हात्तीको अहिले दक्षिणी क्षेत्रमा आंतक बढदै गएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here