हीरालाल परे प्रशासनको छड्के अनुगमनमा, म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद

252
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,१२-

हेटौँडाका व्यवसायी हीरालाल शाहको स्कुल रोडमा रहेका किराना पसल तथा डिपार्टमेन्टर स्टोरमा अनुगमन गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरसहितको टोलीले शाहको पसलमा अनुगमन गरेको हो ।  अनुगमन गर्ने क्रममा शाहले २५ किलोको भनी बेच्दै आएको चामलको बोरामा प्रतिबोरा ५ सयग्रामसम्म कम भएको पाइएको छ । चामल कम भएको पाइएपछि चामललाई शिल समेत गरिएको छ ।

चामलमा मात्र नभई शाहको पसलबाट म्याद नाघेको खाद्यन्न समेत बरामद गरिएको छ । उनले सञ्चालन गर्दै आएका हिरालाल घरसंसार एण्ड मिनि डिपाटमेन्टल स्टोरबाट म्याद नाघेका खाने तेल ,मसला लगायत अन्य खाद्यन्न बरामद गरिएको हो ।  अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालय, घरेलु तथा साना उद्योगको कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चका विभिन्न प्रतिनिधिहरुको साभागिता रहेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here