हुम्लामा विद्युत आपूर्ती बन्द, सरकारी कामकाजमा असहज

63
Want create site? Find Free WordPress Themes and plugins.

असार,२३-

जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा विद्युत आपूर्ती बन्द भएपछि ४ दिनदेखि नागरिकहरुको दैनिकी असहज भएको छ । असार १९ गते छलगाड खोलामा आएको बाढीले छलगाड लघु जलबिद्युत आयोजनाको बाँध भत्काएपछि बिद्युत आपूर्ती बन्द भएको हो । पैँतिस किलोवाट क्षमता भएको उक्त आयोजनाको बाँधमा झन्डै दुई मिटर लामो र दुई मिटर गहिरो पारेर बाँध बगाएपछि विद्युत आपूर्ती बन्द भएको मेनेजर कमल हमालले जानकारी दिए । उनका अनुसार उक्त क्षतीग्रस्त बाँध निर्माणको लागि तीन लाख बराबरको आर्थिक जुटाउनुपर्ने छ । विद्युत ब्यवस्थापन समितिको खातामा रकम नभएकाले सहयोगका लागि सम्बन्धित निकायमा आग्रह समेत गरिएको उनले बताए । विद्युत आपूर्ती बन्द भएपछि त्रिपुराकोट,रल्ली,गल्ली र करेलीकाँडाका दुई सय घरधुरीहरु अन्धकारमा रहेका छन् भने नगरपालिबाट हुनेे विद्युतीय कामकाजहरु गर्न समेत समस्या उत्पन्न भएको नगरपालिकाका कर्मचारी हरि हमालले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here