हुलाकी राजमार्ग निर्माणको काम आजबाट सुरु

36
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २४ – हुलाकी राजमार्ग निर्माणको काम शुक्रबारदेखि शुरु हुँदैछ । भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले महोत्तरीमा हुलाकी राजमार्ग निर्माणको शिलान्यास गर्ने कार्यक्रम छ । सन् २००४ मा भारतले तराईका २० जिल्ला हुँदै मेचीदेखि महाकालीसम्म १७ सय ९२ किलोमिटर लामो सडक निर्माण गर्ने सहमति गरेपनि तीन वर्षअघि भारतीय ठेकेदार काम छाडेर गएपछि अलपत्र परेको हुलाकी राजमार्ग निर्माणको काम अघि बढ्ने भएको हो ।  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला हुलाकी राजमार्ग निर्माणको लागि भारतले आठ अर्ब रुपैयाँ मात्र दिने र भारतीय परामर्शदाता नै राख्नुपर्ने अडान लिएपछि काम अघि बढ्न सकेको थिएन । भारतले दिने आठ अर्ब रुपैयाँले ११ वटा सडक मात्र निर्माण गर्न सकिने भएपछि अहिलेको सरकारले १७ मध्ये ६ वटा सडकखण्ड नेपाल आफैले बनाउने निर्णय गरेपछि काम शुरु हुन लागेको हो ।  यो सडक निर्माणको लागि १३ अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने हुलाकी राजमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजना प्रमुख बलराम मिश्रका अनुसार पहिलो चरणमा झापाको सोमवारे–चारली–भद्रपुर–केचना, जनकपुर–जलेश्वर–भिठ्ठामोड, नवलपुर–मलङ्गवा–सोनवर्षा, हीरापुर–नयाँरोड–बरहथवा–मधुवनी, पश्चिम भुरीगाउँ–गुलेरिया–बर्दिया र नेपालगञ्ज–बघौडा सडक सरकार आफैले बनाउने निर्णय गरेको हो । भारतले निर्माण गर्ने बाँकी ११ वटा सडकको पनि टेण्डरको काम एक महिनाभित्र सक्ने उहाँले बताउनुभयो ।  उहाँले अबको तीन वर्षभित्र हुलाकी राजमार्ग निर्माणको पहिलो चरणको काम सक्ने योजना भएको बताउनुभएको छ । दुई चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको सरकारले पहिलो चरणमा ५ सय २० किलोमिटर सडक बिस्तार गर्ने योजना बनाएको छ । सरकारले २० वर्षे दीर्घकालिन सडक गुरुयोजना अन्तर्गत पहाडमा चार घण्टा र तराईमा दुई घण्टामा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्न योजना बनाएको हो । देशबासीको नाममा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश र मधेशी जनताका लागि महत्वपूर्ण भएको भन्दै हुलाकी राजमार्ग निर्माणमा ढिला सुस्ति अब मान्य नहुने बताउनुभएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here