हेटौँडाको ११ वर्षीय बालिका बलात्कार गर्ने पक्राउ

54
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२२-

भदौ ३ गते दिउँसो साढे ४ बजेको समयमा हेटौँडामा बस्ने ११ वर्षीय नाबालिकालाई हेटौँडा–१५ मा रहेको जंगलमा लगेर जबरजस्ती करणी गर्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ८ घर भई हाल हेटौँडा– ९ लामसुरे बस्ने वर्ष २९ का श्रीराम कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई लामो अनुसन्धानका क्रममा दोषी भएको प्रमाणित भएपछि उनले चढ्ने गरेको ना.२५ प.६३८३ नम्बरको २२० अअ को रातो कालो पल्सर मोटरसाईकल सहित आज हेटौँडा– ८ पानी ट्याङकीबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए । उनले परिवर्तित नाम ३१९०७४–०७५–११० गरको बालिकालाई मोटरसाईकलमा हादप् मःम खान जाउँ भनि जंगलमा लगी जबरजस्ती करणी गरी फरार भएका थिए । अपरिचित व्यक्तिले फकाईफुलाई लगी बलात्कार गरी भागेको घटना दर्ता भएपछि सो सम्बन्धमा निरन्तर मोटरसाईकल तथा निजको हुलियाको आधारमा अनुसन्धान गर्दै जाँदा उनलाई आज पक्राउ गरिएको हो । उनलाई मुलुकी ऐन जवरवस्ती करणीको महल अनुसार कारवाही गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here