हेटौँडामा क्यान इन्फोटेक २०१६ को सुरुवात

49
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१०
कम्प्युटर यसोसियसन अफ मकवानपुरको आयोजनमा आजबाट हेटौँडामा क्यान इन्फोटेक २०१६ को सुरुवात भएको छ । आज हेटौँडामा क्यान इन्फोटेकको सुरुवात गर्दै नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुचना प्रविधिलाई विकाससँग नजोडे अवको विकास संभव नहुने बताए । कार्यक्रममा बोल्दै थपलियाले सुचना प्रविधि आफ्नो समृद्धिसँग जोडनुपर्ने बताउँदै उनले सरकारले पनि सुचना प्रविधिको क्षेत्रलाई ध्यान दिन नसकेको कुरा बताए । सुचना प्रविधिले केहि नकारात्मक कुराहरुलाई पनि भित्राएको बताउँदै यसलाई सहित तरिकाले प्रयोग गर्नको लागि सचेतना दिनुपर्नेमा जोड दिए । क्यान मकवानपुरका अध्यक्ष सन्तोष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा क्यान महासंघका अध्यक्ष विनोद ढकाल, वरिष्ट उपाध्यक्ष हेमन्त चौरासिया, मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए । भुटनदेबी उच्चमाविको चौरमा सुरु भएको इन्फोटेकमा ७० वटा स्टलहरु रहेका छन भने मेला १९ गतेसम्म चल्नेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here